दफा ३
पारिश्रमिक
(१) देहायका मन्त्रीहरूलाई देहाय बमोजिम पारिश्रमिक दिइनेछः–
(क) प्रधानमन्त्री– मासिक रू. ९,०००। –
(ख) उपप्रधानमन्त्री– मासिक रू. ७,५००। –
(ग) मन्त्री– मासिक रू. ७,०००। –
(घ) राज्यमन्त्री– मासिक रू. ६,७००। –
(ङ) सहायकमन्त्री– मासिक रू. ५,८००। –
(२) नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी मन्त्रीहरूको मासिक पारिश्रमिकमा परिवर्तन गर्न सक्नेछ ।
(३) कुनै मन्त्रीको मन्त्री पदमा बहाल रहेकै अवस्थामा मृत्यु भई वा निजले दिएको राजीनामा स्वीकृत भई वा मन्त्रिपरिषद् विघटन भई वा अन्य कुनै तवरबाट निज मन्त्री पदमा कायम नरहेमा निजलाई मन्त्री पद कायम रहेको दिनसम्म पाउने पारिश्रमिकको अतिरिक्त एक महीनाको थप पारिश्रमिक दिइनेछ ।
(४) मन्त्रीले उपदफा (३) बमोजिम पाउने पारिश्रमिक वा थप पारिश्रमिक अवस्था अनुसार निजलाई वा निजले इच्छ्याएको व्यक्तिलाई दिइनेछ । मन्त्रीको मृत्यु भएमा निजले कसैलाई इच्छ्याएको रहेनछ वा इच्छ्याएको व्यक्ति जीवित रहेनछ भने त्यस्तो पारिश्रमिकको रकम निजको नजिकको हकवालालाई दिइनेछ ।