दफा
पारिश्रमिक

(१) प्रधान न्यायाधीश र न्यायाधीशले अनुसूची–१ मा उल्लेख भए बमोजिमको पारिश्रमिक र भत्ता पाउनेमा सो समेत पाउने छन् ।

(२) प्रधान न्यायाधीश वा न्यायाधीशले संविधानको धारा १०१ को उपधारा (२) बमोजिमको अवस्थामा बाहेक अन्य जुनसुकै अवस्थामा पदबाट अवकाश पाएमा निजलाई एक महिनाको पारिश्रमिक बराबरको रकम थप सुविधाको रूपमा दिइनेछ ।