दफा
परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क) “न्यायाधीश” भन्नाले सर्वोच्च अदालतको न्यायाधीश सम्झनु पर्छ ।

(ख) “प्रधान न्यायाधीश” भन्नाले नेपालको प्रधान न्यायाधीश सम्झनु पर्छ र सो शब्दले कायम मुकायम प्रधान न्यायाधीशलाई समेत जनाउँछ ।

(ग) “सर्वोच्च अदालत” भन्नाले संविधानको धारा १२८ बमोजिमको सर्वोच्च अदालत सम्झनु पर्छ ।

(घ) “संविधान” भन्नाले नेपालको संविधान सम्झनु पर्छ ।