दफा ८५
पुन बाटो इजाजतपत्र दिन सकिने
दफा ८४ बमोजिम रद्द भई लगत कट्टा भएको बाटो इजाजतपत्रमा लेखिएको सार्वजनिक सवारीको लागि पुन बाटो इजाजतपत्र लिन आएमा त्यस्तो सवारीको धनी वा व्यवस्थापकबाट दफा ८३ बमोजिम लिनु पर्ने नवीकरण तथा थप दस्तुर समेत लिई निजलाई दुई हजार रुपैयाँसम्म जरिवाना गरी त्यस्तो सवारी चलाउन दफा ७७ बमोजिम अर्काे बाटो इजाजतपत्र दिनु पर्छ ।