नियम २७
पुनरावलोकनको निवेदन हेर्ने इजलास
(१) कुनै मुद्दाको फैसला वा अन्तिम आदेशउपर पुनरावलोकन गरि पाउँ भन्ने निवेदनमा न्याय प्रशासन ऐन, २०७३ को दफा ११ को उपदफा (२) को खण्ड (क) को प्रश्‍न उठाइएको रहेछ भने त्यस्तो निवेदन पहिले फैसला वा अन्तिम आदेश गर्ने न्यायाधीशबाहेकको समान सङ्ख्याको अन्य न्यायाधीश संलग्न रहेको इजलासबाट हेरिनेछ ।
(२) कुनै मुद्दाको फैसला वा अन्तिम आदेशउपर पुनरावलोकन गरी पाउँ भन्ने निवेदनमा न्याय प्रशासन ऐन, २०७३ को दफा ११ को उपदफा (२) को खण्ड (ख) को प्रश्न उठाईएको रहेछ भने त्यस्तो निवेदन पहिले फैसला वा अन्तिम आदेश गर्ने न्यायाधीश बाहेकको पहिले संयुक्त इजलासबाट फैसला वा अन्तिम आदेश भएको भए पूर्ण इजलासबाट र पूर्ण इजलासबाट फैसला वा अन्तिम आदेश भएको भए बृहत् पूर्ण इजलासबाट हेरिनेछ ।
(३) उपनियम (१) र (२) बमोजिम पेस हुँदा कुनै मुद्दाको फैसला वा अन्तिम आदेशको पुनरावलोकन गर्ने अनुमति प्रदान गरिएमा सो मुद्दा पहिले फैसला वा अन्तिम आदेश गर्ने तथा पुनरावलोकनको अनुमति दिनेबाहेकका न्यायाधीशको इजलासमा पेस गरिनेछ ।