दफा ४८
पुनरावेदन गर्न सक्ने
: कोषले दफा ४६ बमोजिम जरिबाना गर्ने गरेको निर्णय वा यस ऐन बमोजिम कोषले गरेको अन्य निर्णय वा दिएको आदेशमा चित्त नबुझ्ने सम्बन्धित पक्षले त्यस्तो निर्णय वा आदेशको जानकारी पाएको मितिले पैंतीस दिनभित्र उच्च अदालत समक्ष पुनरावेदन गर्न सक्नेछ ।