नियम २४
पुनरावेदनपत्र दर्ता गरी सकेपछिको कार्यविधि
(१) पुनरावेदन न्यायाधिकरणले पुनरावेदनपत्र दर्ता भएको मुद्दाको मिसिल सम्बन्धित न्यायाधिकरणबाट झिकाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम न्यायाधिकरणबाट झिकाएको मुद्दाको मिसिल पुनरावेदन न्यायाधिकरणमा प्राप्त भएपछि सो पुनरावेदन उपर कारवाही र किनारा गर्नका लागि श्रेस्तेदारले पेशी तारेख तोकी सो मुद्दा साप्ताहिक दैनिक पेशी सूचीमा चढाइ पुनरावेदन न्यायाधिकरण
समक्ष पेश गर्नु पर्नेछ ।
(३) मुद्दा सम्बन्धी पुनरावेदनपत्र र पेश भएका वकालतनामा सबै पुनरावेदन मिसिलमा समावेश गर्नु पर्नेछ ।