नियम २२
पुनरावेदनपत्रमा खुलाउनु पर्ने कुराहरू
नियम २१ बमोजिम दिइने पुनरावेदनपत्रमा देहायका कुराहरू खुलाउनु पर्नेछः–
(क) पुनरावेदकको नाम, थर र वतन,
(ख) प्रत्यर्थी गराइने व्यक्ति वा संस्थाको नाम, थर र वतन,
(ग) जुन निर्णयमा चित्त नबुझेको हो सो निर्णय गर्ने न्यायाधिकरणको नाम,
(घ) शुरु मुद्दामा निवेदक वा प्रतिवादी भएको कुरा,
(ङ) निर्णय भएको मिति र सोको विवरण,
(च) शुरु मुद्दामा दाबी गरेको बिगो र त्यस्तो मुद्दामा कायम भएको बिगो,
(छ) निर्णयमा चित्त नबुझेका कुराहरू, त्यसको कारण र पुनरावेदनपत्रमा माग गरेको कुरा,
(ज) पुनरावेदन गरेको मुद्दामा बिगो खुल्न नसकेको भए त्यस्तो बिगोको अनुमानित मूल्य,
(झ) अन्य पक्ष वा प्रत्यर्थीको पुनरावेदन परे, नपरेको कुरा थाहा भए सो कुरा,
(ञ) पुनरावेदन कुन कानुन अन्तर्गतको हो भन्ने कुरा,
(ट) हद म्यादभित्र पुरावेदन परेको कुरा,
(ठ) अन्य आवश्यक कुरा ।