दफा ३५
पुनरावेदन
दफा ३४ बमोजिम परिषद्ले गरेको निर्णय उपर चित्त नबुझ्ने पक्षले सम्बन्धित जिल्ला अदालतमा र जिल्ला अदालतबाट भएको निर्णय उपर चित्त नबुझ्ने पक्षले सम्बन्धित उच्च अदालतमा सो निर्णयको जानकारी पाएको मितिले पैंतीस दिनभित्र पुनरावेदन गर्न सक्नेछ ।