नियम १२५
पुनरावेदन
: (१) यस परिच्छेद बमोजिम  दिईएको विभागीय सजायको आदेश उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी कर्मचारीले नियम ११५ बमोजिम तोकिएको अधिकारी समक्ष पुनरावेदन दिन   सक्नेछ ।
(२) विभागीय सजायको आदेश उपर उपनियम (१) बमोजिम पुनरावेदन दिँदा देहाय बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ :–
(क)   पुनरावेदन गर्ने सशस्त्र प्रहरी कर्मचारीले आफ्नै नामबाट पुनरावेदन दिनुको साथै त्यस्तो पुनरावेदन उचित र आदरसूचक भाषामा लेख्नुपर्ने,
(ख)   पुनरावेदन गर्ने सशस्त्र प्रहरी कर्मचारीले पुनरावेदनको साथमा आफ्नो सफाईको निमित्त जो भएको सबूद प्रमाण संलग्न राख्नुको साथै जुन आदेशको विरुद्ध पुनरावेदन गरिएको हो सो आदेशको नक्कल समेत संलग्न गर्नुपर्ने,
(ग)   पुनरावेदन दिँदा पुनरावेदन सुन्ने अधिकारीलाई सम्बोधन गरी निजको कार्यालयमा वा जुन अधिकारीको आदेश विरुद्ध पुनरावेदन गरिएको हो सोही अधिकारी मार्फत पुनरावेदन दर्ता गर्नुपर्ने,
(घ)   सजायको आदेश पाएको मितिले पैंतीस दिनभित्र पुनरावेदन दिनुपर्ने ।
      (३) सम्बन्धित कार्यालयले उपनियम (२) बमोजिम प्राप्त हुन आएको पुनरावेदन दर्ता गरी सोको निस्सा सम्बन्धित सशस्त्र प्रहरी कर्मचारीलाई दिनु पर्नेछ ।