दफा ८२
पुनर्बीमा करार सम्बन्धी व्यवस्था
(१) बीमकले पुनर्बीमा व्यवसाय सञ्चालन गर्दा पुनर्बीमा/करारको ढाँचा प्राधिकरणबाट स्वीकृत गराउनु पर्नेछ।

(२) बीमक र पुनर्बीमकबीच भएको पुनर्बीमा करारले बीमितको हक हित संरक्षण नगरेको वा त्यस्तो करारबाट दायित्वको जोखिम पर्याप्त रक्षावरण हुन सक्ने नदेखिएमा प्राधिकरणले जुनसुकै; बखत त्यस्तो पुनर्बीमा करारका शर्तहरू पुनरावलोकन गर्न निर्देशन दिन सक्नेछ।

(३) पुनर्बीमा करार सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।