दफा ३७
पेशागत आचार संहिता र पदीय दायित्व
(१) गभर्नर वा डेपुटी गभर्नरले आफनो पदमा रहुन्जेलसम्म बैंकलाई आफनो पेशागत सेवा पुर्णरुपमा प्रदान गर्नु पर्नेछ । बैंकले मनोनयन गरेकोमा बाहेक निजहरुले अन्य ठाउँमा पारिश्रमिक लिई वा नलिई कुनै पनि किसिमको पद ग्रहण गर्न वा नोकरी गर्न वा सेवा प्रदान गर्न पाउने छैन । तर मुनाफा नकमाउने उद्देश्यले गठन भएका मेडिकल एशोसियसन, इन्जिनियर्स एशोसियसन, बार एशोसियसन, बैंकर्स एशोसियशन, चार्टर्ड एकाउण्टेण्टस एशोसियसन, जस्ता पेशागत तथा व्यवसायिक संघ, संस्थामा कुनै पद ग्रहण गरी प्रदान गरेको सेवाको हकमा भने यस उपदफाले बाधा पु¥याएको मानिने छैन । (२) गभर्नर, डेपुटी गभर्नर वा सञ्चालकले पदीय दायित्व निर्वाह गर्दा बैंकको हितलाई सर्वोपरी राख्नु पर्नेछ । (३) आफनो कर्तव्य पालनको सिलसिलामा कुनै किसिमको अनुचित प्रभाव पार्ने किसिमले गभर्नर, डेपुटी गभर्नर वा सञ्चालकले स्वयं वा आफनो पारिवारिक, व्यापारिक वा वित्तीय सम्बन्ध भएको कुनै व्यक्तिको माध्यमबाट कुनै किसिमको उपहार वा कर्जा लिन हुँदैन ।