दफा १४
पैठारी गरिएको सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना दर्ता गर्नु पर्ने
: (१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम
नेपालमा पैठारी गरिएका सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना तोकिए बमोजिम दर्ता गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमका वन्यजन्तु वा वनस्पति वा सो को नमुना दर्ता गर्नको लागि सम्बन्धित व्यक्ति, संस्था वा निकायले त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना पैठारी गरेको पैंतीस दिनभित्र देहायका कागजात संलग्न गरी व्यवस्थापन निकाय समक्ष निवेदन दिनु पर्नेछ ः-
(क) त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना निकासी गर्न सम्बन्धित मुलुकको अधिकार प्राप्त निकायले दिएकोअनुमतिपत्र,
(ख) त्यस्तो वन्यजन्तु वा वनस्पतिको नमुनाको उत्पत्तिको प्रमाणपत्र,
(ग) व्यवस्थापन निकायले पैठारी गर्न दिएको अनुमतिपत्र,
(घ) भन्सार महसुल चुक्ता गरेको निस्सा,
(ङ) त्यस्तो वन्यजन्तु वा वनस्पतिको नमुनाको स्वस्थताकोप्रमाणपत्र ।
(३) उपदफा (२) बमोजिम परेको निवेदनका सम्बन्धमा आवश्यक जाँचबुझ गरी त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम पैठारी गरिएको देखिएमा व्यवस्थापन निकायले त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना दर्ता गरी सम्बन्धित व्यक्ति, संस्था वा निकायलाई तोकिए बमोजिम दर्ता प्रमाणपत्र दिनेछ ।