दफा २३
प्रचलित कानून बमोजिमको दायित्व
: यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बहुविधिक ढुवानी करार गरी ढुवानी गरिने मालसामानको सम्बन्धमा नेपाल राज्य पक्ष रहेको कुनै अन्तर्राष्ट्रिय सन्धि बमोजिम थप दायित्व सृजना हुने भएमा वा कुनै राष्ट्रिय कानूनको समेत परिपालना गर्नु पर्ने भएमा त्यस्तो सन्धि वा राष्ट्रिय कानून बमोजिम निर्धारण भएको दायित्वबाट समेत बहुविधिक ढुवानी सञ्चालनकर्ता मुक्त हुने छैन ।