दफा
प्रज्ञा प्रतिष्ठानको स्थापना
: (१) नेपालका सबै भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, सम्वद्र्धन र विकास गर्ने काम समेतको लागि नेपाल प्रज्ञा प्रतिष्ठान नामको एक प्रज्ञा प्रतिष्ठान स्थापना गरिएको छ ।
(२) प्रज्ञा प्रतिष्ठानको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ र आवश्यकता अनुसार नेपालको विभिन्न स्थानहरुमा शाखा खोल्न सक्नेछ ।