नियम २५
प्रतिउत्तर पेश गर्न म्याद जारी गर्ने
(१) पुनरावेदन न्यायाधिकरणमा पुनरावेदनपत्र दर्ता भएपछि पुनरावेदनपत्र र सोसाथ संलग्न प्रमाण तथा कागजातहरूको एक, एक प्रति प्रतिलिपि समेत संलग्न राखी सम्बन्धित प्रत्यर्थीका नाउँमा प्रतिउत्तर पेश गर्नका लागि अनुसूची–६ बमोजिमको ढाँचामा पुनरावेदन न्यायाधिकरणले म्याद जारी गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम म्याद जारी गर्दा नियम ८ को उपनियम (२), (३) र (४) बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ ।