दफा ३०
प्रतिबन्धित औषधि सेवन गर्न, गराउन नहुने
(१) नेपालभित्र तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आयोजना हुने खेलमा सहभागी हुने कुनै पनि खेलाडीले प्रतिबन्धित औषधि सेवन गर्नु हुँदैन ।

(२) नेपालभित्र तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आयोजना हुने खेलमा कुनै व्यक्तिले डर त्रास देखाई वा झुक्यानमा पारी खेलाडीलाई प्रतिबन्धित औषधि सेवन गर्न, गराउन लगाउनु हुँदैन । स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “प्रतिबन्धित औषधि” भन्नाले अन्तर्रीष्ट्रियरुपमा मान्यताप्राप्त संस्थाद्वारा खेलाडीले प्रयोग गर्न नपाउने गरी प्रतिबन्ध लगाएको औषधि वा विधि सम्झनु पर्छ।