दफा २५
प्रतिबेदन पेश गर्नु पर्ने
(१) नोटरी पब्लिकले आफूले गरेको काम कारबाहीको बार्षिक प्रतिवेदन तयार गरी प्रत्येक वर्षको वैशाख मसान्तसम्ममा सम्बन्धित जिल्ला अदालत र परिषद् समक्ष पेश गर्नु पर्नेछ ।
(२) अचल सम्पत्तिको हक हस्तान्तरण सम्बधी लिखत प्रमाणीकरण गर्ने नोटरी पब्लिकले आफूले गरेको काम कारबाहीको विवरण प्रत्येक महिना सम्बन्धित मालपोत कार्यालयमा पठाउनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको प्रतिवेदनमा उल्लेख गर्नु पर्ने कुरा तोकिए बमोजिम हुनेछ ।