नियम ३४
प्रतिलब्धी दरसम्बन्धी व्यवस्था
रेक्टिफाइड स्प्रीट वा ई.एन.ए. उत्पादन गर्ने इजाजतपत्रवालाले प्रत्येक महिनाको चुलाईमा प्रति क्वीण्टल खुँदोबाट न्यूनतम ६५ ओ.पी. शक्तिको कम्तीमा २० लिटर रेक्टिफाइड स्प्रीट वा १९ लिटर ई.एन.ए. उत्पादन गर्नु पर्ने गरी र एनहाइड्रस इथानोल उत्पादन गर्ने इजाजतपत्रवालाले प्रत्येक महिनाको जुलाईमा प्रति क्विण्टल खुदो (मोलासेस) बाट न्यूनतम ७२ ओ.पी. शक्तिको कम्तीमा १९ लिटर इथानोल उत्पादन गर्नु पर्ने गरी प्रतिलब्धी दर कायम गर्नु पर्नेछ । १०० लिटर रेक्टीफाइड स्प्रिटबाट ई.एन.ए. बनाउँदा न्यूनतम ९५ लिटर प्रतिलब्धी हुनु पर्नेछ । अन्नको दानाबाट …………. प्रति क्वीटल ६८.८ ओ.पी. शक्तिको कम्तीमा ३०.५७ लिटर ई.एन.ए. उत्पादन गर्नु पर्नेछ । सो बाहेक अन्य बस्तुबाट उत्पादन हुनेको हकमा विभागले
तोकेबमोजिम हुनेछ । तर सो भन्दा घटी प्रतिलब्धी दर कायम भएमा इजाजतपत्रवालाले त्यसको उचित तथा पर्याप्त कारण विभागमा पेश गरी स्वीकृति लिनु पर्नेछ र विभागबाट स्वीकृति प्राप्त नभएमा फरक परिमाणमा मदिरा तर्फको सो उद्योगले आफ्नो उत्पादनको उच्चतम दरबन्दी अनुसार लाग्ने सम्पूर्ण अन्तशुल्क कार्यालयले इजाजतपत्रवालाबाट असुल उपर गर्नेछ ।