नियम २०
प्रतिवेदन पेश गर्नु पर्ने
(१) योजना सञ्चालन गर्ने स्थानीय निकाय, स्वयंसेवी संस्था वा सामुदायिक सङ्गठनले प्रत्येक चौमासिक तथा वार्षिक रुपमा आफ्नो प्रगति प्रतिवेदन कोषले निर्धारण गरेको ढाँचामा कोषमा बुझाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको प्रतिवेदनमा योजना कार्यान्वयनको अवस्था, उपलब्धि, योजना कार्यान्वयन गर्न आइपरेका समस्या तथा कठिनाई एवं कोषले तोकिदिएका विवरणहरु खुलाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको प्रतिवेदनमा योजना कार्यान्वयनको अवस्था, उपलब्धि, योजना कार्यान्वयन गर्न आइपरेका समस्या तथा कठिनाई एवं कोषले तोकिदिएका विवरणहरु खुलाउनु पर्नेछ ।