नियम ४३
प्रतिवेदन पेश गर्नु पर्ने
(१) निर्वाचन अधिकृतले निर्वाचनको परिणाम प्रकाशन गरी सकेपछि देहाय बमोजिमको विवरण समावेश भएको प्रतिवेदन तयार गरी आयोगसमक्ष पेश गर्नु पर्नेछ ः-
(क) मतदाताको सङ्ख्या,
(ख) उम्मेदवारको विवरण,
(ग) खसेको कुल मत,
(घ) सदर र बदर मत,
(ङ) प्रत्येक उम्मेदवारले प्राप्त गरेको मत,
(च) निर्वाचित उम्मेदवारको विवरण,
(छ) निर्वाचनमा खटिएका कर्मचारीको विवरण,
(ज) निर्वाचनमा भएको खर्चको विवरण,
(झ) आयोगले तोकेको अन्य विवरण ।
(२) निर्वाचन अधिकृतले उपनियम (१) बमोजिम प्रतिवेदन तयार गर्दा ऐनको दफा ५६ बमोजिम पुन मतदान भएकोमा उपनियम (१) को खण्ड (ङ) बमोजिम उम्मेदवारले प्राप्त गरेको मत उल्लेख गर्दा सबै चरणको मतदानको मतगणनामा उम्मेदवारले प्राप्त गरेको मत अलग अलग उल्लेख गर्नु पर्नेछ ।
(३) निर्वाचन अधिकृतले उपनियम (१) बमोजिम प्रतिवेदन तयार गर्दा सङ्घीय संसदका सदस्य र प्रदेश सभाका सदस्य तथा निजहरुले दिएको मतको खण्ड (क), (ग) र (घ) बमोजिमको विवरण अलग–अलग उल्लेख गर्नु पर्नेछ ।