नियम २९
प्रतिवेदन पेश गर्ने
  (१) कोषले आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र आफूले वर्षभरीमा गरेका काम कारबाहीको प्रतिवेदन तयार गरी नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष पेश गर्नेछ ।
(२) उपनियम (१) बमोजिमको प्रतिवेदनमा छनौट गरिएका योजनाहरु आफैं, स्थानीय निकाय, स्वयंसेवी संस्था तथा सामुदायिक सङ्गठनसँगको
सहकार्यमा तथा स्थानीय निकाय, स्वयंसेवी संस्था तथा सामुदाियक सङ्गठनले सञ्चालन गरिरहेका योजनाहरु, लगानी भएको रकम र प्राप्त उपलब्धि सम्बन्धी विवरण तथा अन्य उपयुक्त विषयहरु संलग्न गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम पेश गरेको प्रतिवेदन कोषले सार्वजनिक गर्नेछ ।