नियम २८
प्रतिष्ठान बन्द गर्दा सूचना दिनु पर्ने
(१) कुनै प्रतिष्ठान कुनै पनि कारणले बन्द गर्नु परेमा त्यस्तो कारण प्रष्ट खुलाइ त्यसरी बन्द गर्नुभन्दा तीन दिन अगावै सम्बन्धित अन्तशुल्क अधिकृत र विभागलाई लिखित रूपमा जानकारी गराउनु पर्नेछ ।
तर इँटा उद्योगको हकमा यो व्यवस्था लागू हुने छैन ।
(२) उपनियम (१) बमोजिमको सूचना प्राप्त भएमा बिभागले आवश्यक सम्झेमा सो प्रतिष्ठान चालु राख्न सम्बन्धित व्यक्तिलाई आदेश दिन सक्नेछ ।