दफा २३
प्रदेशस्तरका सञ्चार माध्यमबाट गरिने विज्ञापनको अनुगमन तथा नियमन
(१) प्रचलित कानून बमोजिम प्रदेश सरकारबाट अनुमति प्राप्त गरी सञ्चालन भएका छापा वा विद्युतीय सञ्चार माध्यमबाट हुने वा भएका विज्ञापनमा यस ऐन तथा प्रचलित कानून बमोजिमको मापदण्ड पूरा गरे नगरेको विषयको अनुगमन तथा नियमनको काम प्रदेश कानून बमोजिम सूचना तथा सञ्चार सम्बन्धी विषय हेर्ने मन्त्रालयले गर्नेछ ।
(२) उपदफा (१) को प्रयोजनको लागि सम्बन्धित प्रदेशमा सूचना तथा सञ्चार सम्बन्धी विषय हेर्ने मन्त्रालयको सचिवको अध्यक्षतामा एक अनुगमन तथा नियमन समिति रहनेछ । अनुगमन तथा नियमन समितिमा अध्यक्षको अतिरिक्त समावेशी सिद्धान्तको आधारमा प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमका बढीमा छजना सदस्य रहने छन् ।
(३) उपदफा (२) बमोजिमको समितिले अनुगमन गर्दा कसैले विज्ञापन गर्दा यो ऐन वा यस ऐन बमोजिम बनेको नियम वा मापदण्ड पालना गरेको नपाइएमा कारण उल्लेख गरी त्यस्तो बिज्ञापन संशोधन गर्न, बन्द गर्न वा हटाउन आदेश दिनेछ । त्यसरी दिएको आदेशको पालना गर्नु सम्बन्धित पक्षको कर्तव्य हुनेछ ।
(४) उपदफा (३) बमोजिमको आदेशको पालना नगर्ने वा यो ऐन वा यस ऐन बमोजिम बनेको नियम वा मापदण्ड पालना नगरी विज्ञापन गर्ने व्यक्तिलाई उपदफा (२) बमोजिमको समितिले बढीमा एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ । अनुगमनको क्रममा कसैले विज्ञापन गर्दा यो ऐन बमोजिम कसूर हुने काम गरेको पाइएमा त्यस्तो व्यक्तिलाई यस ऐन बमोजिम कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाउनेछ ।
(५) उपदफा (२) बमोजिमको समितिको अन्य काम, कर्तव्य र अधिकार यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमावलीको प्रतिकूल नहुने गरी सम्बन्धित प्रदेश सरकारले निर्धारण गरे बमोजिम हुनेछ।