दफा ३१
पुनरावेदन
यस ऐन बमोजिमको मुद्दामा निर्णयको जानकारी पाएको मितिले पैंतीस दिनभित्र देहाय बमोजिमका अदालतमा पुनरावेदन लाग्नेछः-
(क) जिल्ला अदालतले सुरु कारबाही र किनारा गरेको निर्णय उपर सम्बन्धित
उच्च अदालतमा,
(ख) बोर्डले गरेको निर्णय उपर जिल्ला अदालतमा,
(ग) अनुगमन तथा नियमन समिति तथा स्थानीय तहले गरेको निर्णय उपर
सम्बन्धित जिल्ला अदालतमा ।