दफा २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-
(क) "अध्यक्ष" भन्नाले बोर्डको अध्यक्ष सम्झनु पर्छ।
(ख) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(ख१) "विद्युतीय (डिजिटल) - माध्यम" भन्नाले प्रचलित कानून बमोजिम स्थापना वा दर्ता भई पत्रकारिता र सम्पादकीय सिद्धान्त अङ्गिकार गरी इन्टरनेटको माध्यमबाट सङ्केत, चिन्ह, अक्षर, ८ आवाज, ग्राफिक्स, तस्वीर, गीत, सङ्गीत, भिडियो, एनिमेशनको प्रयोग गरी सन्देशमूलक वा विषयगत विचार, सूचना तथा समाचार, श्रव्यदृश्यको उत्पादन, प्रकाशन, प्रसारण वा वितरण गर्ने माध्यम सम्झनु पर्छ।
(ख २) "सञ्चार माध्यम" भन्नाले सरकारी, सामुदायिक वा निजी क्षेत्रबाट समाचार, सूचना, मनोरञ्जनात्मक कार्यक्रम तथा सन्देश सम्प्रेषण गर्ने उद्देश्यले स्थापना भई प्रकाशन वा प्रसारण गर्ने विद्युतीय तथा छापा सञ्चार माध्यम सम्झनु पर्छ र सो शब्दले इन्टरनेटमा आधारित सञ्चार माध्यमलाई समेत जनाउँछ।
(ख३) "सरकारी निकाय" भन्नाले राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालत, सङ्घीय संसद, नेपाल सरकारका मन्त्रालय, सचिवालय, संवैधानिक निकाय, आयोग, प्रदेश प्रमुखको: कार्यालय, अदालत, महान्यायाधिवक्ताको कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, संशस्त्र प्रहरी बल, नेपाल लगायतका सङ्घीय सबै सरकारी कार्यालय सम्झनु पर्छ।
(ख४) "सामाजिक सञ्जाल" भन्नाले इन्टरनेटको माध्यमबाट एक आपसमा आबद्ध भई अन्तर्क्रिया गर्ने प्रयोजनका लागि खोलिएको विद्युतीय-सञ्जाल सम्झनु पर्छ। "
(ग) “बोर्ड” भन्नाले दफा १४ बमोजिमको विज्ञापन बोर्ड सम्झनु पर्छ।
(घ) “मन्त्रालय” भन्नाले नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्झनु पर्छ ।
(ङ) “विज्ञापन” भन्नाले कुनै वस्तु, सेवा, कार्यक्रम बा अवसरको बारेमा छापा, विद्युतीय माध्यम, अनलाइन, सामाजिक सञ्जाल, होर्डिङ्ग बोर्ड, बेलुन वा कुनै संरचना लगायतका माध्यमबाट सार्वजनिक रुपमा प्रचार प्रसार गरिएको वा प्रचार प्रसार गर्ने उद्देश्यले तयार गरिएको शब्द, वाक्य, चित्र, तस्बिर, सङ्केत, पोष्टर, पर्चा, प्रकाश, चिह्ृ, संरचना वा जुनसुकै किसिमको श्रव्य, दृश्यवा श्रव्यदृश्य सम्झनु पर्छ ।
(च) “सदस्य” भन्नाले बोर्डको सदस्य सम्झनु पर्छ र सो शब्दले बोर्डको अध्यक्षलाई समेत जनाउँछ।
(छ) “होर्डिङ्ग बोर्ड” भन्नाले विज्ञापन प्रदर्शनको लागि राखिएको वा राखिने साधन सम्झनु पर्छ र सो शब्दले डिजिटल डिस्प्ले, चलदृश्य बोर्ड, एलसीडी बोर्ड, लिड बोर्ड, रोलर बोर्ड, ग्लो बोर्ड, नियोन साइन, प्रोजेक्टर, स्टल डिस्प्ले वा यस्तै अन्य प्रविधि वा प्रकारका बाह्य विज्ञापनको साधनलाई समेत जनाउँछ।
(ज) “विज्ञापन दाता” भन्नाले आफ्नो पक्षबाट विज्ञापन प्रकाशन, प्रसारण गर्न वा
विज्ञापन राख लगाउने वा विज्ञापन गर्ने व्यक्ति वा संस्था सम्झनु पर्छ ।
(झ) “विज्ञापन एजेन्सी” भन्नाले विज्ञापन सम्बन्धी सामग्री उत्पादन, वितरण वा
विज्ञापन सम्बन्धी व्यवसाय गर्ने गरी प्रचलित कानून बमोजिम स्थापना भएका फर्म, संस्था वा कम्पनी सम्झनु पर्छ ।