दफा १०
प्रधान सेनापतिको काम, कर्तव्य र अधिकार
(१) नेपाल सरकारले दिएको निर्देशन र प्रचलित कानुनको अधीनमा रही नेपाली सेनाको व्यवस्थापन गर्नु प्रधान सेनापतिको काम र कर्तव्य हुनेछ ।
(२) प्रधान सेनापतिले प्रत्येक वर्ष वैशाख महिनाभित्र नेपाली सेनाको व्यवस्थापन सम्बन्धी वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष प्रस्तुत गर्नेछ र त्यसरी प्राप्त प्रतिवेदन नेपाल सरकारले संघीय संसदको प्रतिनिधिसभाको राज्य व्यवस्था  तथा सुशासन समितिमा छलफल गराइनेछ
(३) प्रधान सेनापतिको अन्य काम, कर्तव्य र अधिकार यो ऐन तथा यस ऐन अन्तर्गत बनेका नियमहरूमा तोकिएबमोजिम हुनेछ ।