दफा १२७
प्रमाण बुझने क्रम
(१) प्रमाण बुझन तोकिएको तारिखको दिन अदालतले अन्यथा आदेश दिएकोमा बाहेक प्रमाण सम्बन्धी कानूनको अधीनमा रही पहिले वादीकोे र त्यसपछि प्रतिवादीको साक्षी प्रमाण बुझनु पर्नेछ ।
(२) कुनै पक्षद्वारा प्रस्तुत गरिएको कुनै प्रमाण वा कुनै साक्षीले बकेको कुनै कुरा प्रमाणमा नलाग्ने वा प्रमाणको रुपमा लिन नहुने वा असान्दर्भिक विषय भनी अर्को पक्षले तत्काल कुनै आपत्ति जनाएमा त्यस्तोे आपत्ति मनासिब हो वा होइन भनी न्यायाधीशले तत्काल निर्णय दिनु पर्नेछ ।
(३) अदालतले मुद्दासँग असम्वद्ध प्रमाण पेश गर्न कुनै पक्षलाई अनुमति दिने छैन ।