नियम ८६
प्रमाणपत्र नवीकरण र दरखास्त दस्तुर

(१) यस नियमावलीमा उल्लेख भएका ईजाजत, अनुमति वा प्रमाणपत्रको म्याद यस नियमावलीमा उल्लेख भएकोमा उल्लेख भए बमोजिमको अवधिसम्म र उल्लेख नभएकोमा प्रत्येक आर्थिक वर्र्षको असार मसान्तसम्म वहाल रहनेछ । प्रत्येक व्यक्ति वा संस्थाले ईजाजत, अनुमति वा प्रमाणपत्रको म्याद सकिने पन्ध्र दिन पूर्व नियम बमोजिमको शुल्क तिरी नवीकरण गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको म्यादभित्र नवीकरण नगराई निम्न समयभित्र नवीकरण गर्न आएमा निम्न बमोजिमको थप बिलम्ब शुल्क लाग्नेछ
(क) म्याद समाप्त भएको पैतिस दिन भित्र पच्चीस प्रतिशत,
(ख) म्याद समाप्त भएको नब्बेदिन भित्र पचास प्रतिशत,
(ग) म्याद समाप्त भएको एकसय असी दिन भित्र पचहत्तर प्रतिशत ।
(३) उपनियम (२) बमोजिमको म्याद भित्र पनि नवीकरण गराउन नआएमा त्यस्तो इजाजत, अनुमति वा प्रमाणपत्र स्वतः रद्द हुनेछ । ईजाजत, अनुमति वा प्रमाणपत्र पुन लिन चाहेमा यस नियमावली बमोजिमको प्रक्रिया पूरा गर्नुपर्नेछ ।