दफा ३७
प्रमाणपत्र र उपाधि तथा समकक्षता र स्तर निर्धारण


(१) विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्ने विद्यार्थी, प्रशिक्षार्थी वा अनुसन्धानकर्तालाई विश्वविद्यालयले तोकिए बमोजिमको प्रमाणपत्र र उपाधि प्रदान गर्नेछ।

(२) विश्वविद्यालयले अनुसन्धान र प्राज्ञिक क्षेत्रमा प्रशंसनीय कार्य गर्ने व्यक्तिलाई मानार्थ उपाधि प्रदान गर्न सक्नेछ।

(३) विश्वविद्यालयले कुनै स्वदेशी वा विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थाको शैक्षिक उपाधिलाई आफ्नो प्रयोजनको लागि मान्यता, समकक्षता र स्तर निर्धारण गर्न सक्नेछ ।

(४) प्रमाणपत्र, उपाधि, समकक्षता, मान्यता र स्तर निर्धारण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।