नियम ४५
प्रमाणपत्र रद्द गर्दा अपनाउनु पर्ने कार्यविधि
(१) ऐनको दफा २१ को उपदफा (३) मा उल्लिखित आधारमा कुनै मेलमिलापकर्ताले प्राप्त गरेको प्रमाणपत्र रद्द गर्नु परेमा परिषद्ले सम्बन्धित मेलमिलापकर्तालाई एक्काईस दिनको म्याद दिई स्पष्टीकरण पेश गर्ने मौका दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पेश गरिएको स्पष्टीकरण सन्तोेषजनक नभएमा परिषद्ले त्यस्तो मेलमिलापकर्ताले प्राप्त गरेको प्रमाणपत्र रद्द गर्नेछ ।
(३) उपनियम (१) बमोजिम मेलमिलापकर्ताको प्रमाणपत्र रद्द भएको जानकारी परिषद्ले सम्बन्धित निकायलाई दिनु पर्नेछ ।