दफा ७५
प्रमाणित गराईएको सूचना
कुनै विनिमेय अधिकारपत्र अनादर भएको व्यहोरा कुनै प्रचलित कानून अनुसार प्रमाणित गराउनुपर्ने भएमा अनादरको सूचना पठाउनुको सट्टा नोटरी पब्लिकद्वारा प्रमाणित गराई लिएको सूचना पठाउनु पर्नेछ । त्यस्तो सूचना प्रमाणित गर्ने नोटरी पब्लिकले पनि पठाउन सक्नेछ ।