दफा ५१
प्रमुख कार्यकारी अधिकृतको काम, कर्तव्य र अधिकार
: यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त प्रमुख कार्यकारी अधिकृतको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-
(क)    समितिको निर्णय कार्यान्वयन गर्ने वा गराउने,
(ख)    कोषको रणनीति विकास योजना तर्जुमा गरी समिति समक्ष स्वीकृतिको लागि पेश गर्ने,
(ग)    वार्षिक आय व्ययको विवरण तथा वार्षिक प्रतिवेदन तर्जुमा गरी समिति समक्ष स्वीकृतिको लागि पेश गर्ने,
(घ)    समितिबाट स्वीकृत दीर्घकालीन रणनीतिक विकास योजना र वार्षिक कार्यक्रम कार्यान्वयन गर्ने वा गराउने,
(ङ)    कोषबाट भए गरेका कामहरुको प्रगति विवरण आवधिक रुपमा समिति समक्ष पेश गर्ने,
(च)    कोषको दैनिक आर्थिक तथा प्रशासन सञ्चालन तथा व्यवस्थापन गर्ने एवं मातहतका कर्मचारीको रेखदेख, नियन्त्रण,  निर्देशन, अनुगमन र सुपरीवेक्षण गर्ने,
(छ)    कोषका विभिन्न विभाग, शाखा र कार्यालयहरूलाई वार्षिक रुपमा लक्ष्य निर्धारण गरी कार्य सम्पादन गर्न लगाउने,
(ज)    दीर्घकालीन तथा अल्पकालीन योजना एवं कार्यक्रमहरु तयार गरी समितिमा पेश गर्ने,
(झ)    स्वीकृत योजना एवं कार्यक्रमहरुलाई लक्ष्य अनुसार कार्यान्वयन गर्ने, गराउने,
(ञ)    कार्य प्रगतिको त्रैमासिक समीक्षा गरी तत्सम्बन्धी प्रतिवेदन र कोषको त्रैमासिक वित्तीय प्रतिवेदन समितिमा पेश गर्ने,
(ट)    स्वीकृत बजेट अन्तर्गत घर, जग्गा वा मेशिन तथा अरु उपकरणहरू खरीद वा बहालमा लिने र त्यसको मर्मत सम्भार गराउने,
(ठ)    कोषको आर्थिक कारोबारको लागि कुनै पनि व्यक्ति, फर्म वा कम्पनीसँग ठेक्कापट्टा सम्बन्धी सम्झौता गर्ने,
(ड)    कोषको आवश्यकता अनुसार समितिले तोके बमोजिम ऋण लिन सक्ने र यसरी ऋण लिँदा प्रचलित कम्पनी सम्बन्धी कानून अनुसार गर्ने,
(ढ)    समितिले निर्धारण गरेका शर्त तथा आधारमा भुक्तानीको प्रक्रियामा एजेन्ट बैङ्कको छनौट कार्य गर्ने,
(ण)    कोष सञ्चालन गर्ने सम्बन्धमा तोकिए बमोजिमका अन्य कार्यहरू गर्ने ।