दफा १८
प्रयोगशाला स्थापना गर्न सक्ने
(१) वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रण सम्बन्धी जाँच वा परीक्षण गर्न नेपाल सरकार वा प्रदेश सरकारले आवश्यकता अनुसार प्रयोगशाला स्थापना गर्न वा नेपाल सरकारले मान्यता दिएको कुनै प्रयोगशालालाई वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रण सम्बन्धी जाँच वा परीक्षण गर्ने गरी तोक्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम स्थापना भएको प्रयोगशालाको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।