दफा ७
प्रवेश अनुमतिपत्र लिनु पर्ने –
(१) बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कण्ट्रोल एजेण्ट, लाभदायक कीरा वा बिरुवा हुर्कने माध्यम जस्तै माटो, झ्याउ, पीट आदि पैठारी गर्न चाहने व्यक्ति वा संस्थाले यस ऐन बमोजिम प्रवेश अनुमतिपत्र लिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमका बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कण्ट्रोल एजेण्ट, लाभदायक कीरा वा बिरुवा हुर्कने माध्यम जस्तै माटो, झ्याउ, पीट आदि पैठारी सम्बन्धी शर्त तथा बन्देज मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले आफ्नो व्यक्तिगत वा अनुसन्धान गर्ने प्रयोजनको लागि बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कण्ट्रोल एजेण्ट, लाभदायक कीरा ल्याएमा कार्यालयले निजबाट तोकिए बमोजिमको दस्तुर लिइ यस ऐन बमोजिमको प्रक्रिया पु¥याई त्यस्तो बिरुवा वा बिरुवाजन्य वस्तु नेपालभित्र ल्याउन निजलाई प्रवेश अनुमतिपत्र दिन सक्नेछ ।