दफा २०
प्रश्नपत्र निर्माण
(१) आयोगले सञ्चालन गर्ने परीक्षाको लागि आवश्यक पर्ने प्रश्नपत्रको निर्माण वा परिमार्जन (मोडरेशन) आयोगले निर्धारण गरेको मापदण्ड बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम प्रश्नपत्र निर्माण वा परिमार्जन गर्ने विषय विज्ञको योग्यता, निजले पालना गर्नु पर्ने शर्त एवं अन्य व्यवस्था आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।