Preamble
प्रस्तावना
ः सर्वसाधारण जनताको सुविधा र आर्थिक हित कायम राख्न र देशको आर्थिक विकास द्रुततर गतिले गर्नको निमित्त अधिक से अधिक राजस्व परिचालन गर्न भन्सार, अन्तशुल्क तथा कर प्रशासन क्षेत्रमा हुने राजस्व चुहावटलाई प्रभावकारी रुपमा नियन्त्रण तथा रोकथाम गरी राजस्व संकलनमा वृद्धि गर्न वाञ्छनीय भएकोले श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको चौबीसौं वर्षमा संसदले यो ऐन बनाएको छ ।