Preamble
प्रस्तावना
ः नेपाल .. भित्र सरकारी लगानीबाट सञ्चालित उद्योग, व्यवसायहरूको दक्षतामा वृद्धि गरी उत्पादकत्व बढाउन, प्रतिष्ठानहरूबाट नेपाल सरकारलाई परेको वित्तीय तथा प्रशासनिक भार कम गर्न, प्रतिष्ठानहरूको सञ्चालनमा निजी क्षेत्रको सहभागितामा व्यापक बृद्धि गरी समग्र रूपमा देशको आर्थिक विकास गर्न राष्ट्रिय हितको दृष्टिकोणबाट सार्वजनिक प्रतिष्ठानमा रहेको सरकारी लगानीलाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको बाइसौं वर्षमा संसदले यो ऐन बनाएकोछ ।