Preamble ०
प्रस्तावना
कृषि क्षेत्रका समस्याहरूको अध्ययन तथा अनुसन्धान गरी समस्या समाधानका उपाय पत्ता लगाई सर्वसाधारण जनताको आर्थिक स्तर बृद्धि गर्न नेपाल कृषि अनुसन्धान परिषद्को स्थापना र व्यवस्था गर्न वान्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२९ बमोजिम मन्त्रिपरिषदको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ ।