दफा १३
प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार
प्राज्ञिक परिषदको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–(क)िवश्वविद्यालयको पाठ्यक्रम निर्धारण गर्ने,
(ख)पाठ्यभार हस्तान्तरण(क्रेडिट ट्रान्सफर) र पाठ्यभार सञ्चय (क्रेडिट एक्यूमूलेशन) सम्बन्धी आवश्यक काम गर्ने, गराउने,(ग)विश्वविद्यालयकाेप्राज्ञिक तथा अनुसन्धान सम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गरी स्वीकृत गर्ने,(घ)विश्वविद्यालयद्वारा सञ्चािलत विभिन्न शैक्षिक कार्यक्रममा भर्नाको योग्यता तथा आधार , सङ्काय परिवर्तन विधि, सिकाई मूल्याङ्कन विधि र परीक्षाको किसिम निर्धारण गर्ने,(ङ)शैक्षिक गुणस्तर कायम राख्न आवश्यक काम गर्ने, (च)विश्वविद्यालयद्वारा प्रदान गरिने विभिन्न उपाधि
प्रदान गर्नसभामा सिफारिसगर्ने,(छ)अन्य शैक्षिक संस्थाबाट प्राप्त उपाधिको समकक्षता निर्धारण गर्ने,(ज)प्राज्ञिक र अनुसन्धानका विषयमा विश्वविद्यालयका अन्य निकायलाई राय सल्लाह दिने,(झ)तोकिए बमोजिमका अन्य कार्य गर्ने ।