दफा ९
प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार
प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः–
(क) विश्वविद्यालयको शैक्षिक प्राज्ञिक कुरामा मुख्य निकायका रूपमा कार्य गर्ने,
(ख) विश्वविद्यालयमा हुने अध्ययन अध्यापनको गुणस्तर, पाठ्यक्रम, परीक्षाको स्तर र किसिम, मूल्याङ्कन विधिहरू, शिक्षण सामाग्रीहरू, छात्र भर्ना सम्बन्धी संख्या र योग्यता निर्धारण गर्ने,
(ग) अनुसन्धान सम्बन्धी नीति तर्जुमा गर्ने र अनुसन्धान कार्यक्रमहरूमा स्वीकृति प्रदान गर्ने,
(घ) विद्यार्थीहरूको शैक्षिक कार्यक्रमको मूल्याङ्कन गर्ने,
(ङ) शिक्षण र अनुसन्धानको स्तर तोक्ने,
(च) उपाधि र मानार्थ उपाधिहरूको व्यवस्था गर्ने,
(छ) विभिन्न तहका निमित्त शिक्षकको न्यूनतम योग्यता तोक्ने ।