दफा ११
प्राज्ञिक परिषद्को गठन
(१) विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक तथा अनुसन्धान कार्यलाई व्यवस्थित गर्ने निकायको रूपमा काम गर्न देहाय बमोजिमको प्राज्ञिक परिषद् रहनेछ:-
(क) उपकुलपति - संयोजक
(ख) डीनहरूमध्येबाट एकजना - सदस्य
(ग) निर्देशकहरूमध्येबाट एकजना - सदस्य
(घ) विश्वविद्यालयका प्राध्यापकहरूमध्येबाट कम्तीमा एकजना महिलासहित तीनजना - सदस्य
(ङ) विश्वविद्यालयबाट सञ्चालित कार्यक्रममध्ये फरक-फरक विधाको प्रतिनिधित्व हुने गरी विषय विज्ञमध्येबाट कम्तीमा एकजना महिलासहित दुईजना - सदस्य
(च) रजिष्ट्रार - सदस्य-सचिव
(२) उपदफा (१) को खण्ड (ख), (ग), (घ) र (ङ) बमोजिमका] सदस्यको मनोनयन उपकुलपतिको सिफारिसमा परिषद्बाट हुनेछ ।
(३) उपदफा (१) को खण्ड (ख), (ग), (घ) र (ङ) बमाजिमका मनोनीत सदस्यको पदावधि चार वर्षको हुनेछ।
(४) प्राज्ञिक परिषद्को बैठकमा स्वदेशी, बिदेशी वा गैरआवासीय नेपाली प्राध्यापक, अनुसन्धानकर्ता: वा. विद्यार्थी प्रतिनिधिलाई आमन्त्रण गर्न सकिनेछ।
(५) प्राज्ञिक परिषद्को बैठक सम्बन्धी: कार्यविधि प्राज्ञिक परिषद् आफैंले निर्धारण गरे बमोजिम हुनेछ।