दफा २२
प्रारम्भिक योगदान सम्बन्धी व्यवस्था
: (१) कोषको सुरक्षित सदस्य संस्थाको रूपमा प्रमाणपत्र प्राप्त गर्न दफा १५ को उपदफा (१) बमोजिम निवेदन दिने बैङ्क वा वित्तीय संस्थाले प्रारम्भिक योगदान बापत प्रस्तावित चुक्ता पूँजीको शून्य दशमलव पाँच प्रतिशत एकमुष्ट रकम सुरक्षित सदस्य संस्थाको रूपमा सदस्यता प्राप्त गर्दाका बखत कोषलाई बुझाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको प्रारम्भिक योगदानको रकम बुझाएको सुरक्षित सदस्य संस्थाले चालु आर्थिक वर्षको वार्षिक सुरक्षण शुल्क बुझाउनु पर्ने छैन ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्क तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिम गाभ्ने, गाभिने वा एकीकरण प्रक्रियाबाट नयाँ बनेको बैङ्क वा वित्तीय संस्थाले प्रारम्भिक योगदान बापत कुनै रकम बुझाउनु पर्ने छैन ।