दफा ४०
प्रोत्साहन गर्न सक्ने
(१) राष्ट्रियस्तरमा खेलकुद पूर्वाधार निर्माण, खेलकुदको प्रायोजन र प्रतियोगिता सञ्चालन गर्ने निजी क्षेत्र तथा अन्य संघ संस्थाहरुलाई नेपाल सरकारले प्रोत्साहन गर्न सक्नेछ ।
(२) कम्तीमा बीसजना खेलाडी वा पूर्व खेलाडीलाई रोजगारी दिने संघ संस्था, बाणिज्य वा औद्योगिक प्रतिष्ठानहरुलाई तोकिए बमोजिम प्रोत्साहन गर्न सकिनेछ ।
(३) प्रदेशस्तरमा खेलकुद पूर्वाधार निर्माण, खेलकुदको प्रायोजन र प्रतियोगिता सञ्चालन गर्ने निजी क्षेत्र तथा अन्य संघ संस्थाहरुलाई प्रदेश सरकारले प्रोत्साहन गर्न सक्नेछ ।
(४) स्थानीय तहले खेलकुद पूर्वाधार निर्माण र प्रतियोगिता सञ्चालनमा योगदान गर्ने निजी क्षेत्र तथा अन्य संघ संस्थालाई प्रोत्साहन गर्न सक्नेछ ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि खेलकुद प्रतियोगिता सञ्चालन गर्दा मदिरा वा सुर्तिजन्य पदार्थको विज्ञापन तथा प्रायोजन गर्न पाइने छैन र त्यस्तो पदार्थसँग सम्बन्धित संस्थालाई प्रोत्साहन गर्न सकिने छैन।