दफा ८८घ
फरफारखको अवधिभर अधिकार स्वत
निलम्बन हुनेः (१) फरफारखको प्रकृयामा रहेको वाणिज्य बैंकवा वित्तीय संस्थाका संचालक, प्रमुख कार्यकारी अधिकृत र अन्य पदाधिकारीको अधिकार फरफारखको अवधिभर स्वतः निलम्बन हुनेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विशेष प्रशासन समुहले तोकेका कार्यहरु गर्नको लागि सम्बन्धित बाणिज्य बैंकवा वित्तीय संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा अन्य पदाधिकारीहरुमध्य सबै वा कसैको निलम्बन फुकुवा गरी फरफारख सम्बन्धी काममा खटाउन सक्नेछ । (३) विशेष प्रशाषन समूहले उपदफा (२) बमोजीम काममा खटिन दिएको निर्देशनको पालना नगर्ने व्यक्तिलाई कुनै व्यक्तिलाई कुनै पनि समयमा बर्खास्त गर्न सक्नेछ । (४) उपदफा (३) बमोजीम बर्खास्त भएको व्यक्तिले त्यस्तो बैंकवा वित्तिय संस्थाबाट कुनै पारिश्रमीक तथा सुविधा पाउने छैन ।