दफा १५२
फैसला कार्यान्वयन गर्ने निकाय
(१) मुद्दाको फैसला जुनसुकै तहको अदालतबाट भएको भए पनि त्यस्तो मुद्दामा भएको फैसलाको कार्यान्वयन अभियोगपत्र वा उजुरी दायर भएको जिल्ला अदालतले गर्नेछ ।
(२) पुनरावेदन सुन्ने अदालतले शुरु कारबाही र किनारा गरेको मुद्दाको फैसला कार्यान्वयन समेत सम्बन्धित जिल्ला अदालतले गर्नेछ ।
(३) यस दफामा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रतिवादीको सङ्ख्या निजहरुको बसोबास वा निजको सम्पत्तिको अवस्थितिको कारण फैसला कार्यान्वयन गर्ने जिल्ला अदालत यकिन हुन नसकेमा पुनरावेदन सुन्ने अदालतले तोकेको जिल्ला अदालतले मुद्दाको फैसला कार्यान्वयन गर्नेछ ।
(४) नियमित अदालत बाहेक अन्य न्यायिक निकायबाट भएको फैसलाको कार्यान्वयन सम्बन्धित निकायले गर्नेछ ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि फैसला कार्यान्वयन गर्ने सम्बन्धमा कानूनमा अन्यथा व्यवस्था नभएकोमा सम्बन्धित जिल्ला अदालतले यसै संहिता बमोजिम फैसला कार्यान्वयन गर्नेछ ।