दफा १५३
फैसला कार्यान्वयन स्थगित हुने
(१) देहायको अवस्थामा अदालतले फैसला कार्यान्वयन स्थगन गर्नु पर्नेछः–
(क) कानून बमोजिम पुनरावेदन लाग्न सक्ने मुद्दामा पुनरावेदन परेको भए पुनरावेदनको रोहबाट मुद्दाको अन्तिम किनारा नभएसम्म वा पुनरावेदन नपरेकोमा पुनरावेदन लाग्न सक्ने म्याद भुक्तान नभएसम्म,
(ख) कानून बमोजिम साधक पेश हुने मुद्दा भए पेश भएको साधकको निकासा नभएसम्म ।
(२) उपदफा (१) को खण्ड (क) बमोजिम पुनरावेदन परेकोमा पुनरावेदन गर्ने पक्षले पुनरावेदन गरेको व्यहोराको निवेदन सम्बन्धित अदालतमा दिनु पर्नेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस संहितामा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै कसूरदारलाई कैदको सजाय हुने ठहरी पैmसला भएकोमा त्यस्तो कसूरदारलाई तत्काल कैदमा पठाउनु पर्नेछ ।