नियम १२७
फैसला भए पछिको कारबाही
(१) अदालतबाट मुद्दा फैसला हुँदा सरकारी बिगो तिर्नु पर्ने वा जरिबानाको सजाय पाएको पक्ष अदालतमा रुजु हाजिर रहेकोमा सम्बन्धित शाखाले निजलाई जरिबाना बुझाउन लगाई सोको रसिद मिसिल सामेल राख्नु पर्नेछ । त्यसरी सरकारी बिगो वा जरिबाना नतिरेमा कानून बमोजिम कैदी पुर्जी दिई कारागार पठाई दिनु पर्नेछ ।
(२) अदालतबाट मुद्दा फैसला हुँदा सरकारी बिगो तिर्नु पर्ने वा कैदको सजाय पाएको पक्ष अदालतमा रुजु हाजिर रहेकोमा सम्बन्धित शाखाले निजलाई कैदी पुर्जी दिई कारागारमा पठाउनु पर्नेछ ।
(३) अदालतबाट मुद्दा फैसला हुँदा जरिबाना र कैदको सजाय पाएको पक्ष रुजु हाजिर नरहेकोमा सम्बन्धित शाखाले छुट्टै पत्र लेखी सोको लगत सम्बन्धित अदालतमा पठाउनु पर्नेछ ।
(४) अदालतबाट कुनै रिट निवेदनको सिलसिलामा निर्देशनात्मक आदेश जारी भएको वा अदालतको फैसला अनुसार कुनै कुरा कार्यान्वयन गर्नु पर्ने भएमा सम्बन्धित शाखाले सो फैसलाको प्रतिलिपि निर्देशनालयमा पठाउनु पर्नेछ।
(५) उपनियम (३) वा (४) बमोजिम लगत दिने र प्रतिलिपि पठाउने काम समाप्त भएपछि सम्बन्धित शाखाले छिनुवा मिसिल अभिलेख शाखामा बुझाउनु पर्नेछ ।