दफा ५१घ
बचत वा ऋण हिनामिना गरेमा असुल गर्ने
दफा ४० वा ४१ बमोजिम असुल भएको बचत दफा ४६ बमोजिम प्राप्त भएको ऋण कुनै व्यक्ति, अधिकारी, समिति वा संस्थाका सदस्यले हिनामिना गरेको छ भन्ने लागेमा नेपाल सरकारले त्यस सम्बन्धमा कुनै अधिकृतद्वारा आवश्यक जाँचबुझ गराउन सक्नेछ र सो जाँचबाट हिनामिना भएको देखिएमा त्यस्तो हिनामिना गर्ने व्यक्ति, अधिकारी, समिति वा संस्थाका सदस्यहरूलाई नेपाल सरकारले बिगो बमोजिम जरिवाना गरी निजबाट हिनामिना भएको बचत वा ऋण समेत सरकारी बाँकी सरह असुल गर्न सक्नेछ ।