दफा ६८
बचाउ
: (१) यो ऐन प्रारम्भ हुनु अघि कम्पनी ऐन, २०६३ बमोजिम स्थापना भएको निक्षेप तथा कर्जा सुरक्षण निगम (प्रा.) लि. बाट भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।
(२) उपदफा (१)  मा उल्लेख भए बमोजिमको निक्षेप तथा कर्जा सुरक्षण निगम (प्रा.) लि. को चल अचल सम्पत्ति लगायतको जायजेथा, दायित्व र कम्पनीमा कार्यरत कर्मचारी स्वत: कोषमा परिणत भएको मानिनेछ ।
(३) यो ऐन प्रारम्भ हुँदाका बखत उपदफा (१) मा उल्लेख भए बमोजिमको निक्षेप तथा कर्जा सुरक्षण निगम (प्रा.) लि. मा कार्यरत महाप्रबन्धक निजको बाँकी पदावधिसम्म कोषको कार्यकारी अधिकृतको रूपमा बहाल रहनेछ ।